May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राष्ट्र बैंकले एक महिनाका लागि बजारबाट ३० अर्ब रुपैयाँ तान्दै

राष्ट्र बैंकले एक महिनाका लागि बजारबाट ३० अर्ब रुपैयाँ तान्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिँदै गएपछि ३० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप उपकरणको रुपमा बैंकहरुलाई बोलकबोल आह्वान गरेको छ। बैंकहरुले तरलता बढि भएपछि निक्षेपकर्ताको ब्याजदर घटाउन थालेका छन्। नयाँ लगानीको क्षेत्र नहुँदा बैंकहरुमा पैसा थुप्रिएको हो। थुप्रिएको पैसा तान्ने उपकरणको रुपमा राष्ट्र बैंकले बैंकहरुको निक्षेप नै तान्न लागेको हो।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। बोलकवोल बहुब्याजदरमा पनि गर्न सकिनेछ। यो निक्षेप संकलन उपकरणको बोलकबोलमा वाणिज्य बैंक विकास बैंक र फाइनान्स सहभागी हुन पाउनेछन्। 

Advertisement

निक्षेप संकलनको बोलकबोलमा निक्षेप बापत जम्मा गर्न चाहेको रकम र व्याजदर दशमलब पछिको हकमा चार अंकसम्म उल्लेख गर्नुपर्नेछ। निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँट गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा प्रो रेट वेसिसमा बाँडफाँट गरिनेछ। खुला बजार कारोबार संचालन समितिले कट अफ रेट  निर्धारण गर्न सक्नेछ। आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ।