May 6, 2024, Monday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्याङ्जामा पहिरोः ४ जनाको मृत्यु

स्याङ्जामा पहिरोः ४ जनाको मृत्यु

स्याङ्जा–स्याङ्जामा अविरल वर्षापछि गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ ।

Advertisement

२८ वर्षीया विनिता नेपालीको पहिचान भएपनि दुई जनाको पहिचान हुन बाँकी छ । घटनास्थलबाट जीवितै उद्धार गरिएकी १७ वर्षीया मनिषा नेपालीको थप उपचार गर्न पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै कालिगण्डकी गाउँपालिका ४ गौतमडाँडामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ । बाबुराम दमाईका छोरा विष्णु दमाईको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।