April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बागलुङमा पहिरो परी एकजना बेपत्ता

बागलुङमा पहिरो परी एकजना बेपत्ता

बागलुङ – निरन्तरको वर्षाले गोठ भत्किँदा बागलुङको काठेखोला गाउँपालिका वडानम्बर २ भिमा पोखरामा एकजना सम्पर्कविहीन भएका छन्। 

गोठमाथिबाट पहिरो खस्दा भिमापोखराका टेक बहादुर खाती सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। घटनास्थलमा उद्धारका लागि अछेते प्रहरी चौकीबाट प्रहरी पुगिसकेको र थप उद्धारका लागि प्रहरी निरीक्षक दिपक रिजाल नेतृत्वको टोली घटनास्थलतर्फ लागेको रेग्मीले बताए।

Advertisement

बुधबार साँझ बेपत्ता भएका खातीको खोजीका लागि बिहिबार बिहानै देखि प्रहरीको टोली खटिएको भएपनि अहिले सम्म नभेटिएको रेग्मीले बताए।  वर्षा भैरहेको र पहिरो समेत झरीरहेकाले उद्धारमा समस्या भएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ। यसैबीच, वर्षाका कारण काठेखोला गाउँपालिकाकै वडा नं. ३ धम्जाको माझकटेरामा हिरा बहादुर भण्डारीको गोठ भत्किएको छ।

गोठ भत्किएपछि त्यहाँ बस्दै आएका भण्डारीका बुहारी जमुना भण्डारी र उनका छोरा छिमेकीको घरमा आश्रय लिएर बसेको धम्जाबाट बाबुराम भण्डारीले जानकारी दिएका छन्।