May 19, 2024, Sunday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
खगेन्द्र जवेगूको नेतृत्वमा पाँचथर समाज नेपालको ३५–सदस्यीय नयाँ कार्यसमिति

खगेन्द्र जवेगूको नेतृत्वमा पाँचथर समाज नेपालको ३५–सदस्यीय नयाँ कार्यसमिति

काठमाण्डौं, असोज ६ । पाँचथर समाज नेपालको अध्यक्षमा खगेन्द्र जवेगू लगातार दोस्रो पटक निर्वाचित भएका छन् । जवेगूकाे नेतृत्वमा मंगलबार असोज ६ गते काठमाण्डौंमा सम्पन्न दोस्रो अधिवेशनबाट सर्वसहमत रूपमा ३५–सदस्यीय नयाँ कार्यसमिति चयन हो ।

नयाँ समितिका बरिस्ठ उपाध्यक्षहरुमा रमेशकुमार लिङदेन र सुरेन्द्र तिमल्सिना, र उपाध्यक्षहरूमा कान्ता रिजाल, भीमबहादुर लिम्बु र पदम फेउदिन रहेका छन् । त्यस्तै महासचिवमा लक्ष्मीराज तावा (विद्रोस), सचिवमा भूमिका नेम्बाङ, कोषाध्यक्षमा मचिन्द्र कुगेअ्नेम्बा र सहकोषाध्यक्षमा टेकबहादुर काम्बाङ चयन भएका छन् ।

Advertisement

कार्य विभाजन र समावेशीताको आधारमा सदस्यहरू चयन गर्ने क्रममा सदस्यहरुको संख्या भने निकै जम्बो बन्न गएको छ । जसमा भूपेन्द्र नेम्बाङ, गणेश भण्डारी, टंक सेलिङ, सुनिता कुरुम्बाङ, छबीप्रसाद सिगू, निर्मल रिजाल, सूर्यप्रकाश चेम्जोङ, भवानीबिक्रम सम्बाहाम्फे, वीरबहादुर तामाङ, गजेन्द्र आङदेम्बे, धनकुमार काम्बाङ, नरेश बाँस्कोटा, भैया श्रेष्ठ लावती, टिकारामा भुर्तेल, मेनुका योङया, हेटनारायण रम्तेल, गौमाया लिम्बू, राजेन्द्र थाम्सुहाङ, एबीराज आङदेम्बे, शरद अधिकारी, सूर्य सम्बाहाम्फे, नेत्र योङया, वासुदेव अधिकारी, टुरुप संग्रौला र दीपेन्द्रकुमार आङदेम्बे रहेका छन् ।

समाजको संरक्षकको भूमिकामा वशन्तकुमार नेम्बाङ र भिष्मराज आङदेम्बे रहेका छन् । सल्लाहकारहरूमा भने पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटा, पूर्वमन्त्री डम्बरबहादुर सम्बाहाम्फे, प्रा. डा. युवराज संग्रौला, प्रा. डा. नोवल किशोर राई, होमकुमार लावती र प्रा. राजेन्द्र सुबेदी रहेका छन् ।

समाजको कानूनी सल्लाहकारमा माधव बाँस्कोटाको नाम उल्लेखित छ ।त्यस्तै गरी समाजको अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजकमा खुशी लिम्बूलाई चयन गरिएको छ । मात्रृभूमि र आफ्नो उद्गम स्थल पाँचथर जिल्लाको विकास र पहिचानको लागि विश्वभर रहेका सबै पाँचथरे जनहरुलाई संगठित गर्न समाजलाई सहयोग पुर्‍याउनु उनको प्रमुख दायित्व रहनेछ ।