May 10, 2026, Sunday
२०८३ बैशाख २७, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना परीक्षणका लागि डा केसीको स्वाब संकलन

कोरोना परीक्षणका लागि डा केसीको स्वाब संकलन

काठमाडौं- १० दिनदेखि अनसनरत डा गोविन्द केसीको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेका डा केसीको बिहीबार स्वाब संकलन गरिएको अस्पतालले जानकारी दिएको छ।

डा केसीको स्वाबको नतिजा शुक्रबारसम्ममा प्राप्त हुने अस्पतालको भनाइ छ।

Advertisement

१० दिन अघि जुम्लामा अनसन सुरु गरेका डा केसी असुरक्षाको महसुस भएको भन्दै मंगलबार काठमाडौं आएका थिए। काठमाडौं आएपछि सरकारले जबर्जस्ती उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो। तर त्यहाँबाट स्वेच्छिक डिस्चार्ज लिएर उनी शिक्षण अस्पताल गएका थिए।