May 10, 2026, Sunday
२०८३ बैशाख २७, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रसुवागढी–केरुङ नाका खुल्यो, तर मौसम प्रतिकुलताका कारण भन्सारमा सामान आएन

रसुवागढी–केरुङ नाका खुल्यो, तर मौसम प्रतिकुलताका कारण भन्सारमा सामान आएन

काठमाडौं– गत भदौ १५ गतेदेखि पूर्ण रुपमा बन्द रहेका रसुवागढी–केरुङ नाका बुधबारबाट एकतर्फी रुपमा संचालनमा आएपनि मौसमको प्रतिकुलताका कन्टेनरहरु भन्सार जाँचपासका लागि नआएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काकाअनुसार पछिल्लो तीन सातादेखि बन्द नाकाबाट बुधबार एउटा कन्टेनर जाँचपासका लागि आएको थियो। ‘हिजो एउटा कन्टेनर आयो। आज पनि ५ वटा कन्टेनर छोड्न उनीहरु तयार छन्। तर मौसम प्रतिकुलताका कारण सामान झार्न सकिएको छैन भन्ने बुझिएको छ।’ खडकाले नेपाल लाइभसँग भने‚ ‘उतैको कामदार र कन्टेनरले मितेरी पुलमा सामान झार्ने र त्यहाँबाट नेपाली कामदार तथा कन्टेनरले ल्याउने गरी नाका खोल्ने सहमति भइसकेको छ।’

Advertisement

उनका अनुसार नेपाल विद्युत प्राधिकरणको ढल्केबर शाखाका मेसिनरी सामानहरु बिहीबार भन्सार जाँचपासका लागि आउने भनिएपनि वर्षाका कारण लोड अनलोड हुन नसकेपनि कुनै पनि कन्टेनर भन्सार यार्डमा आइपुगेका छैनन्।