May 5, 2024, Sunday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भारतमा कृषि विधेयकको विरोधमा आज मुलुकभर चक्काजाम

भारतमा कृषि विधेयकको विरोधमा आज मुलुकभर चक्काजाम

आश्विन ९, एजेन्सी । भारतमा हालै पारित कृषि विधेयकको विरोधमा किसानहरूले आज मुलुककभर चक्काजामको घोषणा गरेका छन् । भारतका दुवै सदनबाट कृषि विधेयक पारित भइसकेकाे अवस्थामा त्यहाँका कृषि संगठनहरूले देशभर चक्काजामको घोषणा गरेका हुन् । यसलाइ राजनीति दलहरूले समेत साथ दिने बताइएकाे छ ।

विधेयक ल्याएकाे भारत सरकारले उक्त विधेयक किसानको हितमा रहेको दाबी गरेकाे छ । यस नयँ विधेयककाे व्यवस्थाअनुसार किसानकाे  आम्दानी बढ्ने र बजारको समस्या हट्ने दाबी सरकारले गरेको छ । तर किसान संगठनहरुले भने साे विधेयक कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पने प्रयासको एक हिस्सा भएको भन्दै विराेध जनाइरहेका छन् ।

Advertisement

साेही विराेधस्वरूप मुलुकभर चक्काजाम घाेषणा गरिएकाे हाे । किसानहरुको संगठन अखिल भारतीय किसान आन्दोलन समन्वय समितिले देशभर पूर्ण रुपमा चक्काजामको घोषणा गरेको बताइएकाे छ । उनीहरूकाे याे आन्दोलनको सबैभन्दा बढी प्रभाव पञ्जाब र हरियाणामा परेको छ ।