May 10, 2024, Friday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
संक्रमित भन्दा निको हुनेको संख्या बढी, देशभर एकै दिन १ हजार ४ सय ५५ संक्रमित निको भए

संक्रमित भन्दा निको हुनेको संख्या बढी, देशभर एकै दिन १ हजार ४ सय ५५ संक्रमित निको भए

आश्विन ९, काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ५५ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४ सय ५५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।

Advertisement

निको हुनेको यो प्रतिशतमा कुल ७३ दशमलव ४ प्रतिशत हो । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १८ हजार २ सय ८९ रहेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ४ सय ६४ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या १० हजार ५२ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार २ सय ३७ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख ६८ हजार १ सय ८५ जनाको पीसीआर परीक्षण भएको छ ।