May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अनसनरत डा.केसीको समर्थनमा पोखरामा प्रदर्शन : ‘व्यापारी सरकार चाहिदैन, सत्याग्रही मार्न पाइदैन’

अनसनरत डा.केसीको समर्थनमा पोखरामा प्रदर्शन : ‘व्यापारी सरकार चाहिदैन, सत्याग्रही मार्न पाइदैन’

आश्विन ९, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै १९ औं पटक अनसनरत डा. गोविन्द केसीको समर्थनमा ‘जागौ पोखरा’को अभियानमा बुधबारदेखि पोखराको विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको छ ।

यसैबीच आज तेस्रो दिन पनि डा. केसीका सबै मागहरु पूरा गर्नुपर्ने र उनको जीवन रक्षा गर्नुपर्ने भन्दै समर्थकहरुले सृजनाचोकमा प्रदर्शन गरेका छन् ।

Advertisement

उनीहरुले ‘व्यापारी सरकार चाहिदैन, सत्याग्रही मार्न पाइदैन’, ‘लुटतन्त्र बन्द गर’, ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा. केसीको साथमा’लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

समर्थन सहभागी डा.राजेश थापाले डा. केसीले मागेका मागहरु चिकित्सा क्षेत्रका लागि एक्दमै आवश्यक रहेको भन्दै आफू हस्पितलमा काम गर्दै गर्दाको अवस्थामा पनि समर्थनमा साथ दिन आएको बताए ।

सत्याग्रही केसीलाई जुम्लाबाट काठमांडौं ल्याउने क्रममा एम्बुलेन्स भित्र प्रहरीले गरेको दूर्व्यवहार र ८ दिनसम्म सरकारले डा. केसीकोे अनशन सम्बोधन नगर्नु दुःखद् भएको बताए । डा.केसीको समर्थनमा अझै सशक्त कार्यक्रम गर्ने तयारी भइरहेको जागौ पोखरा अभियानका संयोजक शिरिष गुरुङले जानकारी दिए ।