April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
डब्लुएचओ भन्यो, ‘कोरोनाको खोप प्रयोगमा आउनु अगावै २० लाख मानिसको मृत्यु हुने सम्भावना छ’

डब्लुएचओ भन्यो, ‘कोरोनाको खोप प्रयोगमा आउनु अगावै २० लाख मानिसको मृत्यु हुने सम्भावना छ’

आश्विन १०, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको खोप आए पनि करिब २० लाख मानिसको मृत्यु हुने बताएको छ । विश्वव्यापी रूपमा कोरोना भाइरस तीव्र रुपमा फैलिएको भन्दै संगठनले खोप आएपनि मर्नेको संख्या भने २० लाख मानिको मृत्यु हुने सम्भावना रहेको बताएको हो । 

डब्ल्यूएचओको स्वास्थ्य आपतकालिन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले खोप पत्ता लागे पनि त्यसको प्रभावकारी प्रयोग हुनु पहिला नै २० लाख मानिसको मृत्यु हुने सम्भावना उच्च रहेको चेतावनी दिएको छ।

Advertisement

डा.माइक रयानले अन्तर्राष्ट्रियस्तरमा नै खास अभियान नचलाए यो संख्या अझ बढ्ने बताएका छन्। चीनमा गत वर्षको अन्त्यमा कोभिड–१९ देखिए यता करीब १० लाख मानिसको मृत्यु भइसकेको छ।

विश्वमा संक्रमण दर निरन्तर बढिरहेको र अहिले तीन करोड २० लाख उपचाररत संक्रमित रहेको बीबीसीले जनाएको छ ।