May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अमेरिकाको मेरिल्याण्डमा बैंक लुटपाट गर्दैगर्दा ३० बर्षीय सम्राट लामा पक्राउ

अमेरिकाको मेरिल्याण्डमा बैंक लुटपाट गर्दैगर्दा ३० बर्षीय सम्राट लामा पक्राउ

३० बर्षीय सम्राट लामा अमेरिकाको मेरिल्याण्डमा बैंक लुटपाट गर्दागर्दै पक्राउ परेका छन् । गेथसबर्गमा बैंक लुटपाट गर्न लागेको अवस्थामा मोन्टगोमरी काउन्टी छैठौं डिस्ट्क्ट र गेथसबर्गप्रहरी विभागका अधिकारीहरुले लामालाई पक्राउ गरेका हुन् । मंगलबार विहान १० बजेर २ मिनेट जाँदा बैंकका कर्मचारीले ९११ मा फोन गरेका थिए ।

कर्मचारीले ६०७ नर्थ फेडरिक एभिन्युमा रहेको वेल्स फार्गो बैंकमा लुटपाट भइरहेको जानकारी दिएका थिए ।फोनकल प्राप्त भएको दुईमिनेटपछि नै प्रहरीहरु बैंकमा पुगेका थिए । त्यतीबेला लामा बैंकभित्रै रहेका थिए, भाग्न पाएका थिएनन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर हिराशतमा लिएको हो ।

Advertisement

सुरुमा लामा बैंकमा प्रवेश गरेर आफूले बचत खाता खोल्न चाहेको कर्मचारीलाई बताएको अनुसन्धानबाट खुलेको छ । त्यसैबीचमा लामाले झोलाबाट चक्कु निकालेर कर्मचारीलाई ताकेका थिए । त्यसपछि उनले कर्मचारीलाई पैसा निकालेर फोहोर फयाक्ने झोलामा राख्न चेतावनी दिएका थिए ।

फोहोर फ्याक्ने झोला लामाले आफ्नै झोलाबाट निकालेर बैंकका कर्मचारीलाई दिएको अनुसन्धानबाट खुलेको छ । त्यसपछि लामा ड्राइभ थु्र टेलरसमक्ष पुगेर अरु धेरै रकम मागेका थिए । जब उनी बैंकको लबीमा फर्किए, तब प्रहरी अधिकारीहरु त्यहाँ आइसकेका थिए । त्यसपछि उनी प्रहरीको फन्दामा परे ।

लामालाई सेन्ट्रल प्रोसेसिङ युनिटमा स्थानान्तरण गरिएको जनाइएको छ । उनलाई हातहतियारसहित लुटपाटमा संलग्न भएको अभियोग लगाइएको छ भने कुनै जमानत समेत दिइएको छैन ।
लामा कुन देशका नागरिक हुन् भन्नेबारे केही खुलाइएको छैन । उनी कुन स्थानमा बस्दै आएका थिए भन्नेबारे पनि केही जानकारी प्राप्त भएको छैन ।