April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आईपीएलमा राजस्थानले पन्जाबलाई हरायो : प्ले अफमा पुग्ने सम्भावना कायमै

आईपीएलमा राजस्थानले पन्जाबलाई हरायो : प्ले अफमा पुग्ने सम्भावना कायमै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्ग्स इलाभेन पन्जाबलाई हराएको छ ।

यूएईमा राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो । शेख जायद क्रिकेट मैदानमा पन्जाबले टस हारेर पहिले ब्याटिङ गरेको थियो ।

Advertisement

पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । जितका लागि पन्जाबले दिएको १ सय ८६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानको जितमा बेन स्टोक्सले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै सन्जु सामसनले ४८ र रोबिन उथप्पाले ३० रन बनाए । कप्तान स्टिभ स्मिथ ३१ र जोस बट्लर २२ रनमा अविजित रहे । 

पन्जाबका मुरुगान आश्विन र क्रिस जोर्डनले १/१ विकेट लिए । पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान केएल राहुलले ४६ रन जोड्दा निकोलस पुरनले २२ रन बनाए । 

राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्चरले २/२ विकेट लिए । पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । राजस्थानले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।

राजस्थानले १३ खेलमा १२ अंक जोडेको छ । पन्जाबले पनि १३ खेलमा १२ अंक नै जोडेको छ । पन्जाब तालिकाको चौँथो स्थानमा छ ।