May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुग्याे

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुग्याे

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यससंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।

शनिबार देशभर थप २५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यसैगरी बितेको २४ घण्टामा थप २२६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् ।