May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना संक्रमणबाट मृत्यु हुनेको दर निरन्तर बढ्दो,

कोरोना संक्रमणबाट मृत्यु हुनेको दर निरन्तर बढ्दो,

काठमाडौँ -नेपालमा पहिलो पटक जेठ ३ गते कोरोना भाइरसको संक्रमणबाट एक महिलाले ज्यान गुमाइन् । संक्रमितको संख्या २ सय ८१ हुँदा भएको पहिलो मृत्युको घटनाले लगभग नेपालमा संक्रमण कसरी फैलिरहेको छ भन्ने प्रष्ट हुन्थ्यो ।

जुन समयमा सरकारले स्वास्थ्य मापदण्ड मात्र नभई अस्पतालमा उपचारको क्षेत्रमा समेत केही गर्न नसकिरहँदा भएको मृत्युको संख्या अहिले १ हजार ४ पुगेको छ । र, यो दर निरन्तर बढीरहेको छ ।

Advertisement

सिन्धुपाल्चोक बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु कोरोनाका कारण मृत्यु भएपछि दाहसंस्कार गर्न काठमाडौंस्थित पशुपति शवदाह गृहमा लगिएको थियो । ठीक साढे ५ महिनाअघि एक जनाको मृत्यु र कात्तिक १८ गतेसम्म आइपुग्दा यो संख्या १ हजार नाघिसकेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन खोज्दाको अवस्था र अहिले फैलिसकेपछिको अवस्थामा खासै फरक छैन । संक्रमण भएको थाहा नपाउँदा, ढिलो हुँदा मृत्यु भएको भनिएको पहिलो केस भन्दा अहिले धेरै अन्तर त छ ।

तर, संक्रमितसँगै निको हुने संख्या बढीरहँदा मृतक थपिँदै जाँदा भयावह अवस्थालाई चित्रण गरिरहेको देखिन्छ ।

कुन महिनामा कतिजना संक्रमितले गुमाए ज्यान ?

  • जेठ मसान्तसम्म : १९ जना
  • असार मसान्तसम्म : ३९ जना
  • साउन मसान्तसम्म : १ सय ४ जना
  • भदौ मसान्तसम्म ; ३ सय ७९ जना
  • असोज मसान्तसम्म : ७ सय १५ जना
  • कात्तिक १८ गतेसम्म : १ हजार ४ जना

कात्तिक यता कहिले कतिले गुमाए ज्यान ?

कात्तिक १ सम्म : ७ सय २७ जना
कात्तिक २ सम्म : ७ सय ३९ जना
कात्तिक ३ सम्म : ७ सय ५७ जना
कात्तिक ४ सम्म : ७ सय ६५ जना
कात्तिक ५ सम्म : ७ सय ९१ जना
कात्तिक ६ सम्म : ८ सय १२ जना
कात्तिक ७ सम्म : ८ सय २९ जना
कात्तिक ८ सम्म : ८ सय ४२ जना
कात्तिक ९सम्म : ८ सय ४७ जना
कात्तिक १० सम्म : ८ सय ६२ जना
कात्तिक ११ सम्म : ८ सय ७६ जना
कात्तिक १२ सम्म : ८ सय ८७ जना
कात्तिक १३ सम्म : ९ सय ४ जना
कात्तिक १४ सम्म : ९ सय २० जना
कात्तिक १५ सम्म : ९ सय ३७ जना
कात्तिक १६ सम्म : ९ सय ६० जना
कात्तिक १७ सम्म : ९ सय ८४ जना
कात्तिक १८ सम्म : १ हजार ४ जना

पछिल्लो २४ घण्टामा थप २० जना संक्रमितले ज्यान गुमाएसँगै मृतक संख्या १ हजार ४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कात्तिक यता मात्रै ज्यान गुमाउनेको संख्या २ सय ७७ पुगेको छ ।

धेरैलाई कोरोना खासै केही होइन जस्तो लागेपनि मृतकको यो संख्याले पक्कै सोच्न बाध्य बनाउला । खेलाँची नमानौं, सबै मास्क र सेनिटाइरजरको प्रयोग गरौं । कोरोनाविरुद्धको यो लडाईमा ज्यान गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली ।