May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वैज्ञानिकहरुको प्रयास सफल भए २०२१ को मध्यतिर कोरोनाविरुद्धको खोप उपलब्ध हुने

वैज्ञानिकहरुको प्रयास सफल भए २०२१ को मध्यतिर कोरोनाविरुद्धको खोप उपलब्ध हुने

काठमाडौँ – विश्व समुदाय अहिले कोरोनाविरुद्धको खोपको अति व्यग्रताका साथ प्रतीक्षा छ । विश्वको अर्थतन्त्रदेखि सामाजिक संरचना र परम्परा चौपट पार्ने गरी आतंक मच्चाइरहेको कोरोनाविरुद्धको खोपका लागि वैज्ञानिकहरु अहोरात्र खटिएका छन् ।

तर, अझै पनि खोपको टुंगो लाग्न नसकेपनि बिभिन्न १६ खोपहरु परीक्षणको चरणमा छन् । हाल कोरोना भाइरसविरुद्धको खोप निर्माणमा कम्पनीहरु होडबाजी मै छन् ।

Advertisement

विश्वका ६ खोप निर्माता कम्पनी तेस्रो चरणको परीक्षणमा पुगेका छन् । ११ खोप दोस्रो चरणमा छन् भने १६ पहिलो चरणमा छन् । बेलायतको अक्सफोर्ड विश्व विद्यालयको खोप अहिले धेरै देशमा परीक्षण प्रयोगमा आएको र तीब्रताका साथ अघि बढिरहेको छ ।

अक्सफोर्डको खोप अहिले मानवमा तेस्रो चरणको परीक्षण भइरहेको छ । मानवमा भएको परीक्षणमा पास भएपछि मात्रै यो प्रयोगयोग्य हुन्छ ।जनवरीसम्ममा मानवमा गरिने परीक्षण टुंग्याइने बताइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विकासका क्रममा रहेका बिभिन्न देशहरुको खोपको क्लिनिकल ट्रायल अगाडि बढाउने बताएको छ । खोप परीक्षण पास भएर खोप सुरक्षित रहेको निश्चित भएपछि लाइसेन्सिङ हुनुपर्छ ।

खोपले कसरी काम गर्छ ?

खोपले थोरै सङ्ख्यामा भाइरसलाई मानव शरीरमा पठाउँछ । खोपबाट पठाइएको भाइरससँग लड्न मानव शरीरले सिक्छ । र, त्यसपछि कुनै बेला त्यो भाइरस मानव शरीरमा आयो भने शरीरलाई त्योसँग कसरी जुध्ने भन्ने थाहा हुन्छ ।

खोप कहिलेसम्म बन्ला त ?

खोप बनाउन वैज्ञानिकहरूले फरक विधि प्रयोग गरिरहेका छन् । यसको अनुवांशिक कोड थाहा भएको भएर वैज्ञानिकहरूले यो भाइरस ’निर्माण’ गर्न सक्छन् ।

केही वैज्ञानिकहरूले कोरोना भाइरसको कोडलाई अर्कै हानीरहित भाइरसमा हालेर परीक्षण गरिरहेका छन्। यदि यो विधि सफल भयो भने शरीरमा हानीरहित भाइरस पठाएर कोरोनाभाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न सकिन्छ।

केही वैज्ञानिकहरूले यसको डीएनएलाई प्रयोग गरेर शरीरमा भाइरल प्रोटिन बनाउने र शरीरको प्रतिरोधी क्षमता विस्तार गर्ने विधिमा खोप विकास गर्न खोजिरहेका छन् ।