April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेशस्तरीय नेतालाई प्रधानमन्त्रीको निर्देशनः तयारी अवस्थामा बस्नुहोला

प्रदेशस्तरीय नेतालाई प्रधानमन्त्रीको निर्देशनः तयारी अवस्थामा बस्नुहोला

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आफू घेराबन्दीमा परेको भन्दै तयारी अवस्थामा रहन प्रदेश कमिटी नेताहरुलाई निर्देशन दिएका छन् ।

बुधबार प्रदेश नम्बर १ को कमिटी भेलालाई जुममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नेताहरु समूह बनाएर आफूमाथि लागेको बताएका छन् । उनले पार्टी एकता जोगाउन आफू अन्तिम कसरत जारी राख्ने र सहमति नभए विकल्पमा जानुपर्ने भएको तयारी अवस्थामा बस्न पनि निर्देशन दिएका छन् ।

Advertisement

‘पूर्वएमालेकै साथीहरु मविरुद्ध लाग्नु भएको छ । मिडियामा पार्टी फुटाउने भ्रम छरिएको छ तर, म अन्तिमसम्म एकता जोगाउन लाग्नेछु,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘सरकारले राम्रो गर्दागर्दै पनि मलाई असफल बनाउने काम भएको छ । सहमति नआएको खण्डमा जस्तोसुकै कदम चाल्नुपर्ने हुनसक्छ कमरेडहरु तयारी अवस्थामा बस्नुहोला ।’

प्रधानमन्त्री ओलीले प्रतिपक्ष भन्दा पनि आफ्नै पार्टीबाट सरकारलाई असहयोग भइरहेको बताएका छन् । उनले जनताले पाँच वर्षका लागि दिएको मत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेलले कर्णाली विवादका कारण नेकपाभित्रको विवाद चर्किएको बताएका थिए । उनले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतकलाई हटाएर गल्ती गरेको बताए ।