May 6, 2024, Monday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
३०५१ कोरोना संक्रमित थपिए, ३४३० जना संक्रमण मुक्त  र १८ संक्रमितको मृत्यु

३०५१ कोरोना संक्रमित थपिए, ३४३० जना संक्रमण मुक्त र १८ संक्रमितको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा ३४ सय ३० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ४८ हजार ४० सय ८ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १५ लाख ७ हजार १ सय ९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ जना पुगेका छन् ।