May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना संक्रमणका कारण वडाध्यक्षको निधन

कोरोना संक्रमणका कारण वडाध्यक्षको निधन

काठमाडौं – कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ। 

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का  वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो। कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता समेत थिए।

Advertisement

६३ वर्षीय शाहको शुक्रबार विहान ६ बजेर २५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पताल जनाएको छ। शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए।