March 25, 2024, Monday
२०८० चैत्र १३, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
छठका अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

छठका अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

धनुषा- छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (मंसिर ५ र ६ गते) सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री लालबहादुर राउतले छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार र शनिबार प्रदेश-२ मा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन्।

Advertisement

‘प्रदेश सरकारले स्थापनाकाल देखि नै छठ पर्वको अवसरमा (षष्ठी र सप्तमी) दुई दिन बिदा दिने गरेको छ,’ राउतले शुक्रबार बिहान जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘यस वर्ष पनि दुई दिन (शुक्रबार र शनिबार) सार्वजनिक बिदा प्रदेश सरकारको वार्षिक क्यालेन्डरमै सार्वजनिक गरिसकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गर्दछौँ।’

प्रदेश २ सरकारले कारोना महामारीमा स्वास्थ्य सतर्कता अपनाएर हर्सोल्लासपूर्वक छठ पर्व मनाउन सुझाएको छ।