April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चेल्सी र सेभिया अन्तिम १६ मा

चेल्सी र सेभिया अन्तिम १६ मा

काठमाडौं– च्याम्पियन्स लिगको समूह ‘इ’ बाट चेल्सी र सेभिया नकआउट चरणमा प्रवेश गरेका छन्। चेल्सीले रेनेसलाई र सेभियाले क्रास्नोडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।

घरेलु टिम रेनेसलाई चेल्सीले २–१ गोलअन्तरले पराजित गरेको हो। चेल्सीका लागि क्यालुम हडसन र ओलिभर जिराउडले गोल गरे। रेनेसका लागि सेर्हो गरासीले गोल गरे। खेलको २२ औं मिनेटमा हडसनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। खेलको ८५ औं मिनेटमा गरासीले गोल गरेपछि रेनेसले १–१ गोलको बराबरी बनाएको थियो। तर खेलको अतिरिक्त समयमा ओलिभरले गोल गर्दै चेल्सीलाई २–१ गोलको जित दिलाए।

Advertisement

स्पेनिस क्लब सेभियाले क्रास्नोडरलाई २–१ गोलले नै पराजित गर्न सफल भयो। पहिलो हाफमा एक गोलको बराबरी बनाएको सेभियाले दोस्रो हाफमा एक गोल थप्दा एक गोल खान पुग्यो।

चार खेलबाट १० अंक बनाएको चेल्सी अहिले समूह ‘इ’ को शीर्ष स्थानमा छ। त्यस्तै, चार खेलबाटै समान १० अंक बनाएको सेभिया दोस्रो स्थानमा छ। दुबै क्लब च्याम्पियन्स लिगको समूह चरणको दुई खेल बाँकी रहँदा नै प्रिक्वार्टरफाइनलमा प्रवेश गर्दा रेनेस र क्रास्नोडर भने बाहिरिएका छन्।