April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रियल मड्रिडले इन्टर मिलानलाई हरायो

रियल मड्रिडले इन्टर मिलानलाई हरायो

काठमाडौं –  च्याम्पियन्स लिग फुटबलमा  रियल मड्रिडले  इन्टर मिलानलाई पराजित गरेको छ। 

इन्टरको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन इडेन हाजार्डले निर्णायक गोल गरे। एक गोल रियलले आत्मघाती उपहार पाएको हो।  

Advertisement

खेलको सातौं मिनेटमा हजार्डले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए। ३३ औं मिनेटमा इन्टर १० खेलाडीमा सिमित भयो। इन्टरका भिडाल रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। 

५९ औं मिनेटमा आर्चरफ हाकिमीले आत्मघाती गोल गर्दा रियलले २–० को जित निकाल्न सफल भयो। लिगमा चार खेल खेलेको रियल ७ अंकसहित समूह बीको तालिकाको दोस्रो स्थानमा छ । पराजित इन्टर २ अंकसहित तालिकाको पुछरामा छ।