May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

काठमाडौं–गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका  छन्। दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको हो।

Advertisement

दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वति दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत भने सकुशल छन्। घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।