May 12, 2026, Tuesday
२०८३ बैशाख ३०, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भारतीय विदेश सचिव आज गोरखा र मनाङ जाँदै

भारतीय विदेश सचिव आज गोरखा र मनाङ जाँदै

काठमाडौं–नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगला आज गोरखा र मनाङ पुग्दैछन्।

उनले गोरखामा भारतीय सहयोगमा बनेका घरहरुको अवलोकन गर्नेछन् भने मनाङमा भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ।

Advertisement

बिहीबार नेपाल आएका श्रृंगलाले परराष्ट्र सचिवसँग छलफल गरिसकेका छन्। उनले राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग पनि बिहीबारै भेट गरिसकेका छन्। उनी शुक्रबारै स्वदेश फर्किने कार्यक्रम छ।