April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने, केही प्रदेशमा हल्का वर्षाको पूर्वानुमान

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने, केही प्रदेशमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज तीन वटा प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको  सम्भावना रहेको जनाएको छ।

महाशाखाले आज गण्डकी प्रदेश, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने जनाएको हो।

Advertisement

यस्तै, प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलि रही पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।