April 22, 2024, Monday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेयरमारको गोलले हारबाट जोगियो पीएसजी

नेयरमारको गोलले हारबाट जोगियो पीएसजी

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा पीएसजी बोर्डक्ससँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

Advertisement

१०औँ मिनेटमा टिमोथी पेम्वेको आत्मघाती गोलबाट पछि परेको पीएसजीका लागि २७औँ नेयमारले गोल गर्दै खेल एक/एकको बराबरीमा ल्याए । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् ।

नेइमारले गोल गरेको पहिलो गोल गरेको एक मिनेटपछि नै मोइस किनले गोल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए ।

६०औं मिनेटमा हाटिम विन अर्फाको पासमा यासिन एडलिले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।