May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कैलाश एयरको होलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगियो

कैलाश एयरको होलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगियो

काठमाडौं – बाग्लुङबाट काठमाडौंका लागि उडेको कैलाश एयरको होलिकप्टर ठूलो दुर्घटना हुनबाट बचेको छ ।

बाग्लुङको गलकोट नगरपालिका वडा नं ३ का वडाअध्यक्ष वीरजंगसाहि सहित ६ जना सवार उक्त हेलिकप्टरमा एक्कासी चिल आएर ठोक्किदा हेलिकप्टरको अगाडिको भाग दुर्घटनाग्रस्त भएको छ । अगाडिका सिसा समेत फुटेको छ । उक्त घटना पश्चात हेलिकप्टलाई नुवाकोटको बेलकोटगढीमा आपतकालिन अवतरण गरिएको थियो । अग्रभागमा रहेका वडा अध्यक्ष साहीको हात र घुँडामा सामान्य चोट लागेको छ । ‘पाइलटको साइडमा चिल ठोकिएको भए, सकुसल रहने सम्भावना थिएन । अर्को साइडबाट ठोकिएकोले कसैलाई केही भएन ।

Advertisement

मलाई हात र घुँडामा सामान्य चोट लागेको छ । म काठमाडौं आइपुगेको छु ।’ अध्यक्ष साहीले भने । उक्त हेलिकप्टरमा पाइलटसहित बाग्लुङबाट काठमाडौं फर्किन लागेका अमृत खत्री, सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल र वडाअध्यक्ष साही रहेका थिए ।