April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
युनाइटेडको जितमा काभानीको २ गोल

युनाइटेडको जितमा काभानीको २ गोल

काठमाडौं– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। युनाइटेडले घरेलु टिम साउथह्याम्पटनलाई ३–२ गोलअन्तरले पराजित गरेको हो।

युनाइटेडको जितमा इडिन्सन काभानीले दुई र ब्रुनो फर्नान्डेजले एक गोल गरे। साउथह्याम्पटनका लागि जान बेडनारेक र जेम्स वार्ड ब्राउसले गोल गरे। २–० गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल भयो।

Advertisement

खेलको २३ औं मिनेटमा बेडनारेकले गोल गर्दै साथह्याम्पटनलाई १–० गोलको अग्रता दिलाए। ३३ औं मिनेटमा जेम्स वार्ड ब्राउसले गोल गरेपछि पहिलो हाफमै साउथह्याम्पटनले २–० गोलको अग्रता बनाएको थियो। खेलको ६० औं मिनेटमा फर्नान्डेजले काभानीको एसिस्टमा गोल गर्दै युनाइटेडलाई २–१ गोलको स्थितिमा ल्याए। ७४ औं मिनेटमा काभानीले गोल गरेपछि युनाइटेडले २–२ गोलको बराबरी बनाएको थियो। खेलको अन्तिम समयमा काभानीले गोल गर्दै युनाइटेडलाई ३–२ गोलको जित दिलाए।