April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इलाममा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

इलाममा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

इलाम- इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

तरकारी लिएर झापाको दमकका लागि छुटेको को२च १५ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा अरू दुई जना घाइते भएका छन् ।

Advertisement

राँके बजारबाट झापाको दमकका लागि छुटेको गरेको पिकअप भ्यान सोमबार साँझ दुर्घटना हुँदा माईनगरपालिका–९ का दिनेश लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको इलामका प्रहरी प्रमुख नवीनराज राईले जानकारी दिए ।

दुर्घटनामा सचिन राई र विकास तामाङ घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ ।