April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हेटौंडा अस्पतालमा आइसियुसहित भेन्टिलेटर सेवा

हेटौंडा अस्पतालमा आइसियुसहित भेन्टिलेटर सेवा

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा आइसियुसहितको भेन्टिलेटर सेवाको शुरु भएको छ। हेटौंडा अस्पतालले सात शय्याको आइसियू र १० शय्याको एचडियु सेवा सोमबारबाट सञ्चालनमा ल्याएको हो।

प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार आइसियुसहितको भेन्टिलेटर सेवा र उच्च उपचार कक्ष (एचडियु) सेवाको शुभारम्भ गरेका हुन्। प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले हेटौंडा अस्पतालले लामो समयदेखि आईसियु सेवा सञ्चालन गर्ने तयारी गरे पनि सोमबार सफल भएको बताए। कोरोनाबाहेकका बिरामीहरुका लागि मात्र आइसियुसहितको भेन्टिलेटरको सेवा उपलब्ध गराइने उनले बताए।

Advertisement

हेटौंडा अस्पतालले विपन्न, गरिबहरुलाई लक्षित गरेर आइसियु र एचडियू सेवाको शुल्क तोकेको छ। आइसियुको प्रतिदिन १ हजार ५००, एचडियुको प्रतिदिन दुई हजार र आइसियुसहितको भेन्टिलेटरको प्रतिदिन चार हजार रुपैयाँ तोकिएको छ।