April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चार वर्षदेखि अलपत्र पुल निर्माण पुनः शुरु

चार वर्षदेखि अलपत्र पुल निर्माण पुनः शुरु

काठमाडौं – सडक डिभिजन कार्यालय काठमाडौंले अनामनगरस्थित धोबीखोला पुल निर्माणका लागि २०७२ साउन २१ मा भण्डार थोडुङ–जि टेक जेभीसँग तीन करोड दुई लाख रुपैयाँमा ठेक्का सम्झौता गर्‍याे। ठेक्का सम्झौताअनुसार २०७३ माघमा पुल निर्माण सक्नुपर्ने थियो।

केही वर्षसम्म काम भयो। वारिपारि दुई पिलर ठडियो। तर २०७४ देखि काम रोकियो। त्यही पुल चार वर्षपछि फेरि निर्माण थालिएको छ। पुल निर्माणमा खटिएका कामदारका अनुसार एक महिनादेखि पुल निर्माणको काम सुरु भएको छ।

Advertisement

‘पुलको पिलर धेरै अग्लो भएपछि भत्काउँदै छौँ। अब चाही काम राेकिदैँन की भन्ने आशा छ‚’ एक कामदारले सुनाए।