May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन- पूवी चितवनको खैरहनीमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बेलुका खैरहनी नगरपालिका वडा नम्बर १ बहेरा चोकमा पूर्वबाट पश्चिम तर्फ आइरहेको ग १ च ९७२१ नम्बरको सुमोले विपरीत दिशाबाट गई रहेको ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक खैरहनी-७ का ३५ बर्षीय बिजेन्द्र चौधरीलाई उपचारको लागि भरतपुर अस्पताल पुर्याउदै गर्दा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।

गाडी र चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।