May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
दार्चुलामा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु

दार्चुलामा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु

दार्चुला – दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगाका लागि छुटेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

Advertisement

चालक शेर सिंह कार्कीसहित अरु दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले जानकारी दिनुभयो । चालकबाहेक दुई जनाको परिचय खुल्न सकेको छैन ।