April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाए

कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाए

काठमाण्डौ – कोरोना बीमा भुक्तानीमा ढिलाइ नगर्न पटकपटक निर्देशन दिँदै आएको अर्थ मन्त्रालयले प्रमाणीकरण भएका सबैले कोरोना बीमा पाएको दाबी गरेको छ ।

अर्थ मन्त्रालयको वित्तक्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुख एवम् सहसचिव झक्कप्रसाद आचार्यले कोरोना बीमाका लागि परेका दाबीमध्ये प्रमाणीकरण भएका कुनै बीमितको भुक्तानी नरोकिएको बताएका छन् ।

Advertisement

उनले प्रमाणीकरण भएका कसैको पनि बीमा भुक्तानी नरोक्न अर्थले निर्देशन दिएपछि सोमवारसम्म ७ हजार ३ सय ६८ ले प्रमाणीकरणपश्चात् भुक्तानी पाएको बताए । ४ हजार दाबीहरू प्रामाणीकरणको चरणमा रहेको र प्रमाणीकरण भएपछि उनीहरूले भुक्तानी पाउने आचार्यको भनाइ छ ।

आचार्यका अनुसार एकैफेर ठूलो संख्यामा दाबी पर्दा प्रमाणीकरणमा ढिलाइ हुन पुगेको हो । ‘बीमा भुक्तानीको पनि प्रक्रिया हुन्छ, प्रक्रिया नाघेर भुक्तानी दिन मिल्दैन, प्रक्रिया मिलाउँदा ढिला भएको हो,’ उनले भने ।

कतिपय दाबीहरूको प्रमाणीकरण स्वास्थ्य संस्थाबाटै गर्नुपर्ने भएकाले दाबी गरेका सबै बीमितले एकैफेर भुक्तानी पाउन नसकेको अर्थका अधिकारीहरूको भनाइ छ ।

अहिले दैनिकजसो भुक्तानीको विवरण बीमा समितिले अर्थलाई जानकारी दिने गरेको छ । अर्थका अनुसार नियामक निकायको रिपोर्टिङअनुसार दैनिक भुक्तानीको संख्या बढ्दो रहेको छ ।आर्थिक अभियान दैनिक