May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हिंसापीडित कोषको स्थापना

हिंसापीडित कोषको स्थापना

तनहुँ – तनहुँको व्यास नगरपालिकाले रुएक लाखको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयासम्म कोषबाट सहयोग गर्न सकिने छ ।

आर्थिक अवस्था कमजोर भएका महिलालाई सहयोग प्रदान गर्न कोष स्थापना गरिएको नगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीरा जोशीले बताउनुभयो । कतिपय महिला औषधि उपचार, खान लाउन नपाएको र महिला हिंसाबाट पीडित भएको भनेर आउने गरेकाले सहयोग गर्न उक्त कोष बनाइएको उहाँले जानकारी दिनुभयो ।

Advertisement

नगरप्रमुख बैकुण्ठ न्यौपानेले महिला हिंसा चेतनामूलक कार्यको लागि लाग्ने आवश्यक खर्च नगरपालिकाले व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

हिंसापीडित महिलालाई परामर्श आवश्यक पर्ने हुँदा नगरपालिकाले सहयोग गर्दै जाने उहाँले बतउनुभयो ।