May 10, 2024, Friday
२०८१ बैशाख २८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

चितवन – चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ ।

पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिनुभयो । ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उहाँले बताउनुभयो । सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने उहाँको भनाइ छ ।

Advertisement

उहाँका अनुसार १९० वटा बिरुवा वितरण गरिएको छ । साथै किसानका लागि ड्रागन फ्रुट खेती गर्ने पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । यसैबीच वडाले १० जना किसानलाई जनही एक÷एक वटा हजारी पनि वितरण गरेको छ ।

दिसा र पिसाब छुट्याएर प्रयोग गर्ने इकोसान शौचालय पद्धतिको तालीममा सहभागी १० जना किसानलाई उक्त हजारी निःशुल्क वितरण गरिएको हो ।