April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सातामा २ दिन बिदा दिन अध्ययन समितिको सिफारिस

सातामा २ दिन बिदा दिन अध्ययन समितिको सिफारिस

काठमाडौं- सातामा २ दिन बिदा दिन एक अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ। सातामा २ दिन बिदा दिन मिल्ने वा नमिल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केही समय अगाडि अध्ययन कार्यदल बनाएको थियो।

मन्त्रालयले मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो। समितिमा पर्यटन विभागका महानिर्देशक रुदसिंह तमाङ, नेपाल पर्यटन बोर्डका सिइओ डाक्टर धन्नजय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेब घिमिरेलगायत अर्थ र संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका प्रतिनिधि रहेका  थिए।

Advertisement

समितिले विश्वका ८८ प्रतिशत देशमा २ दिन बिदा दिने प्रचलन रहेको र १२ प्रतिशत देशमा भने एक दिन सार्वजनिक बिदा दिने गरिएको विवरणसहित सातामा २ दिन बिदा दिने मिल्ने भन्दै रिपोर्ट बुझाएको छ।

समितिले एक ससातामा २ दिन बिदा दिँदा खर्च कटौतीदेखि प्रशासनिक खर्च समेत कम हुने निष्कर्ष निकालेको छ।

सातामा दुई दिन बिदा कायम गर्दा आर्थिक रुपले कर्मचारी, कार्यालय र संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्न, पर्यटकीय दृष्टिले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने, सामाजिक दृष्टिले लंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम हुने, पारिवारिक सामीप्यता कायम हुने, पर्यावरणीय दृष्टिले सकारात्मक प्रभाव पर्नसक्ने समितिको निष्कर्ष छ।