April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चित्रकला टिकाउन हस्तकला बनाउँदै सलिना

चित्रकला टिकाउन हस्तकला बनाउँदै सलिना

इलाम – चित्रकला टिकाउन हस्तकला बनाउँदै सलिनाकुनै काम गर्न योजना, मेहनत र धैर्य चाहिन्छ ।

सायदै योजना विनाको मेहनत र धैर्य विनाको योजना पूरा हुन सम्भव नहोला । हुन त कतिपय ठाउँमा अध्ययन र समय नमिल्दा पनि चित्त बुझ्दो नतिजा नआउन सक्छ । समयसापेक्ष नबन्दा र समाजमा चलनचल्तीको काम नहुँदा पनि पेसामा आबद्ध भएर काम गर्न गाह्रो हुन्छ । यसका साथै सबै कुरा दाहिना हुँदाहुँदै पनि कहिलेकाहीँ आर्थिक सङ्कटका कारण मान्छे आफ्नो पेसा परिवर्तन गर्न बाध्य हुनुपर्छ । गरिबीकै कारण आफ्ना सोखका काम चटक्कै छाडेर जीवन धान्नतिर अनेकन गर्नुपर्छ । यहाँस्थित सन्दकपुर गाउँपालिका–१ की सलिना राईलाई यस्तै यस्तै लाग्छ । सलिनाको सोख चित्रकार बन्ने हो ।

Advertisement

चित्रकार मात्र होइन, कुशल चित्रकार बन्ने हो । यसैबाट जीवनयापन गर्ने र सबैसामु चिनिने । चित्रकार बन्नकै लागि सलिनाले धेरै सङ्घर्ष गर्नुभयो । अझै पनि गर्दै हुनुहुन्छ । विद्यालय होस् वा अरू कतै प्रतियोगितामा कहिल्यै द्वितीय भएन सलिनाको चित्र । सधैँ प्रथम भएकैले गर्दा सलिनालाई जीविकोपार्जनको स्रोत चित्रकला बनाउन मन लाग्यो । उमेरसँगै चित्रका गुणस्तर पनि बढ्दै गए, अनि गुणस्तरसँगै माग पनि उच्च बन्दै गयो ।

परिवारको हौसला, अग्रज चित्रकारको उत्प्रेरणा र आफ्नै मेहनतले सलिनाका चित्रमा निखारता त आउँदै गयो तर अर्थोपार्जन सोचेजस्तो भएन । गाउँको बसाइ । पूर्णरूपमा चित्रकलामा खट्न नपाइने । यसैले चित्रकलाको पेसा सङ्कटमा पर्दै गयो । सोचे जस्तो भएन । कक्षा ५ देखि चित्र सिकेकी सलिना, कक्षा ८ पुग्दासम्म घरपरिवारको आँखामा चित्रकारको छवि बनाइसक्नुभएको थियो । विद्यालयको अध्ययन सकेर केही समय सलिनाले कला सेन्टरमा चित्र बनाउन सिक्नुभयो । यसपछिका मेनेतले सलिनाको चित्रकलाप्रतिको मोह यति बढ्यो कि उहाँले यो पेसाको विकल्प खोज्नै सक्नुभएन । विभिन्न प्रदर्शनीमा चित्र प्रदर्शन गरेर हौसला पनि बढ्यो । सबैले चित्र कोरेको हेर्दै उहाँको चित्रको प्रशंसा पनि गरे तर आर्थिक पाटो भने कहिल्यै सुध्रेन ।

जब कलेजस्तरको पढाइ शुरु भयो तब यी सबै कुरा बाहिर निस्किए । उहाँलाई सोख पूरा गर्न आर्थिक पाटो सुध्रिन जरुरी छ भन्ने झन् लाग्दै गयो । त्यतिकैमा सलिनाले एक दिन युट्युबमा कागजबाट विभिन्न किसिमका सामग्री बनाएको देख्नुभयो ।