May 7, 2026, Thursday
२०८३ बैशाख २५, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोभिडविरुद्धको भ्याक्सिनका लागि स्रोतको अभाव नहुने अर्थमन्त्री पौडेलको दाबी

कोभिडविरुद्धको भ्याक्सिनका लागि स्रोतको अभाव नहुने अर्थमन्त्री पौडेलको दाबी

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्। अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरेजसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन्।

’भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन। हामी त्यो तयारीमा छौं,’ अर्थमन्त्री पौडेलले भन्नु भयो, ‘भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं।’ 

Advertisement

ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको उनले जानकारी दिए। अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड-१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोभिडविरुद्धको लडाइलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गरे।