May 11, 2024, Saturday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सडक सञ्जालले जोडिँदै  गाउँ

सडक सञ्जालले जोडिँदै गाउँ

रसुवा – लाङ्वुलगायतका गाउँ क्षेत्रमा नयाँ निर्माण भएको मोटरबाटोले भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

नौकुण्ड गाउँपालिका– १ अन्तर्गत सिङ्वन्दीदेखि लाङ्बु, घोर्मु, सरसिउ हुँदै कालिका गाउँपालिकाको घुम्तीबजार पासाङल्हामु राजमार्गसम्म सडक सञ्जाल जोडिएपछि भारी बोक्नुपर्ने अवस्था अन्त्य भएको हो । यससँगै सवारी साधनद्वारा ढुवानी गर्ने कार्य शुरू भएको छ । विगत तीन वर्षको अन्तरालमा नौकुण्ड अन्तर्गत वडा नं १ को बस्तीबस्तीमा करिब ८० किमी सडकको ट्याक खोल्ने काम भइसकेको जनाइएको छ । यार्सामा उत्पादित वर्षे आलु बिक्रीका लागि बाहिर लाने आलुबाट प्राप्त आयले दैनिक उपभोग खरिद गरी घरसम्म पु¥याउ र गाउँमा हुने सबैखाले बिरामी छिटोभन्दा छिटो अस्पताल लान मोटर बाटोले सहज बनाएको छ ।

Advertisement

छ सयभन्दा बढी घरधुरी रहेको नौकुण्ड गाउँपालिका– १ मा स्थानीय तहको निर्वाचनपश्चात् भौगोलिक विकटताकै कारण सडक निर्माणको विकासलाई नै पहिलो प्राथमिकता दिइएको थियो । वडाध्यक्ष कान्छा तामाङले सडक निर्माणको साथसाथै आयआर्जनका लागि परम्परादेखि गर्दै आएका घरेलु सीपबाट गरिने कामलाई समेत प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो । नयाँ खोलिएको मोटरबाटोले वडा १ मा पर्ने सिङबन्दी, संयूल, थाङ्दोर, लाङ्वुु र आरूखर्कसम्मका बासिन्दालाई यातायातको सुविधा पु¥याएको छ । ।

सडकलाई दरिलो पार्न नाली टेवा पर्खाल एवं कालोपत्र गर्ने कार्य योजनासमेत अगाडि सारिएको उहाँले बताउनुभयो ।