May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अन्तरराष्ट्रिय विमानस्थलः तीन वर्षमा उल्लेख्य प्रगति

अन्तरराष्ट्रिय विमानस्थलः तीन वर्षमा उल्लेख्य प्रगति

काठमाडौँ – अन्तरराष्ट्रिय यात्रु प्रवेशको मुख्य नाकाका रुपमा रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पूर्वाधार विकास, स्तरोन्नति र सेवा सुदृढीकरणमा उल्लेख्य प्रगति भएका छन् ।

पछिल्लो तीन वर्षको अवधिमा अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका साथै आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी दक्ष जनशक्तिमार्फत अन्तरराष्ट्रिय मुलुकका सुविधा सम्पन्न विमानस्थलको झल्को दिने गरी विमानस्थलको निरन्तर सुदृढीकरणको काम चलिरहेको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सार्वजनिक गरेको विसं २०७४ फागुनदेखि २०७७ मङ्सिरसम्मको प्रगति विरणमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग प्रचलित आधुनिक प्रविधि तथा सामग्रीको प्रयोग गरी धावनमार्ग जीर्णोद्धार (रनवे रिह्याबिलिटेसन) गर्ने कार्य तोकिएको समयावधिभन्दा पाँच महिनाअगावै सम्पन्न भएको थियो । अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सेवा सञ्चालनका लािग खुला गरिएको छ । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनामार्फत विमानस्थल जीर्णोद्वार गरिएको हो । चिनियाँ निर्माण कम्पनी एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले विमानस्थलको जीर्णोद्वार गरेको थियो । मूल्य अभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा निर्माण सम्झौता भएको जीर्णोद्वार जीर्णोद्धारको पहिलो चरणमा विसं २०७५ चैत १८ देखि २०७६ हजार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम सकिएको थियो ।

Advertisement

विमानस्थलको तीन हजार ५० मिटर लम्बाई र ४६ मिटर चौडाई थियो । सोही आयोजनाअन्तर्गत पछिल्लो पटक थप ३०० मिटर धावनमार्ग विस्तारको काम पनि सकिएको छ । विमानस्थलमा थप चार वटा ठूला र दुई साना जेट विमान बिसान हुनसक्ने क्षमताको एप्रोन निर्माण गरिएको छ । यससँगै अन्तरराष्ट्रिय पार्किङ वे सङ्ख्या रिमोट पार्किङसहित १५ पुगेको छ । ‘रनवे जिरोटू’ तर्फ ‘रनवे इन्ड सेफ्टी’ एरिया बनाउन कार्य पनि सम्पन्न भएको छ । अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ प्रस्थान कक्ष (स्टेराइल हल) को निर्माण भई सञ्चालनमा आएको छ । अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा ब्यागेज ह्याण्डलिङ सिस्टम जडान गरी सञ्चालनमा ल्याइएको छ । यसबाट आन्तरिक उडानका हवाई यात्रुको सरसामन लिन सहज भएको छ ।

अन्तरराष्ट्रियतर्फ टर्मिलन भवनमा सेन्ट्रल एयर कण्डिसन सिस्टम जडान गरिएको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीका अनुसार अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थावित गुरुयोजनाअन्तर्गत स्तरोन्नतिका थप कार्य थमाधम भइरहेको छ । मौजुदा विमानस्थलको नयाँ अन्तरराष्ट्रिय र आन्तरिक टर्मिलन भवन बनाउनका लागि आवश्यक प्रक्रिया अघि बढेको छ । हालको विमानस्थलको जहाज तथा यात्रु मुभमेन्टका आधारमा सन् २०२८ सम्मको गुरुयोजनाको अवधारणमा सुधारको काम थालिएको आयोजना भण्डारीले बताउनुभयो । सन् २००९ र सन् २०१६ मा विमानस्थलको पुनःअपडेट गरिएको थियो ।

हरेक पाँच÷पाँच वर्षमा गुरुयोजना अपग्रेट गरिन्छ । अन्तरराष्ट्रिय विमानस्थलमा जहाजको उडान सङ्ख्या र यात्रु सङ्ख्याका आधारमा पाँच वर्ष र अर्को पाँच वर्षको गुरुयोजना बनाएर स्तरोन्नतिको काम भइरहेको आयोजनाले जनाएको छ ।