April 10, 2024, Wednesday
२०८० चैत्र २८, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गाउँमा प्रसूति सेवा सञ्चालन

गाउँमा प्रसूति सेवा सञ्चालन

हुम्ला – दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका

महिलालाई सहज भएको छ । जिल्लामा सुत्केरी व्यथा लागेर घरमै थला पर्ने र ज्यानै जानसक्ने अवस्थाको अन्त्य भएको छ । विगतका वर्षमा दूरदराजमा रहेका महिलामा सुत्केरी व्यथा लागेको बेला आफ्नो व्यक्तिगत खर्चमा जिल्ला बाहिर जानुपर्ने अवस्था अब हटेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा एयर लिफ्टिङको व्यवस्था गरी जिल्लामा सुत्केरी व्यथा लागेर जटिल समस्या आएकाको उपचार गर्दा समस्या समधान भएको छ । स्था

Advertisement

नीय तहहरु विभाजनपछि यहाँका सातवटा गाउँपालिकाले आफ्नै स्वास्थ्य भवन र उपचारका लागि पनि स्वाथ्यकर्मी बढाएपछि हुम्ली जनतामा सहजता थपिँदै गएको छ ।

यसअघि परम्परागतरूपमा गाउँमै स्थानीय महिलामार्फत बाध्यताले सुत्केरी गराउने चलन थियो । त्यो सबै सफल भएको देखिँदैन थियो । यतिखेर हुम्लाको ताँजाकोटमा प्रसूति सेवा शुरु भएपछि महिलाहरूको त्यसतर्फ आकर्षण बढेको पाइएको छ । ताँजाकोट–२ का राजपुरा सुनारले सबै सुविधा हुने भएपछि प्रसूति सेवाप्रति गर्भवती महिलाको आकर्षण बढेको बताउनुभयो । प्रसूति सेवा सञ्चालनमा आएपछि हाल भत्ता पनि सोही ठाउँमै उपलब्ध हुने गरेको छ ।

स्वास्थ्यचौकीका इञ्चार्ज धनराज ढकालका अनुसार शुरुमा प्रसूति गृह सञ्चालनमा आउँदा यो ठाउँका महिला सुत्केरी गराउन लजाउने गर्थे, अहिले त्यो समस्या पनि हट्दै आएको छ । प्रसूति सेवा सञ्चालन भएलगत्तै एक वर्षमा १३० महिलाले प्रसूति सेवा लिएका छन् ।