May 11, 2024, Saturday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा ‘भर्चुअल’मार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो । लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतनाकक्षा कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द भएको थियो ।

Advertisement

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई मङ्सिर १६ देखि सुरु गरिएको ट्राफिक भर्चुअल कक्षामा तीन हजार ६८९ विद्यार्थीले ट्राफिक सचेतना कक्षा लिएको बताउनुहुन्छ ।’महाशाखामा सचेतना कक्षा सञ्चालन गर्दा कोभिड-१९ को जोखिम बढ्ने खतरा भएकाले भर्चुअलमार्फत सचेतना कक्षा सञ्चालन गरेका हौँ’ उहाँ भन्नुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मादक पदार्थ सेवन गरी गाडी चलाउने चालक, लेन अनुशासन उल्लङ्घन गर्ने, रातो बत्तीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गाडीका लागि कक्षा लिँदै आएको छ । 

यसअघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो । अहिले उपत्यकाका २५ ठाउँमा लाइटबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ । हालको प्रतिकूल अवस्थामा प्रविधिको प्रयोगमार्फत सचेतना कक्षा सञ्चालन बढी लाभदायक हुने र यसले आम चालकमा अनलाइन सचेतना कक्षा लिने बानीको विकास हुने महाशाखाको भनाइ छ ।
 
ट्राफिक प्रहरीले अहिले मध्याह्न १२ देखि १ः ०० बजेसम्म, दिउँसो १ः३० देखि २ः ३० सम्म र ३ः ०० देखि ४ः ०० बजेसम्म तीन कक्षा सञ्चालन गर्दै आएको छ ।