April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘ओली निरंकुश हुन्, पार्टी फुटाउन श्रृंखलाबद्ध प्रहार गरिरहे’

‘ओली निरंकुश हुन्, पार्टी फुटाउन श्रृंखलाबद्ध प्रहार गरिरहे’

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको पक्षमै नहरेको बताएका छन्।

ओलीको कदमको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विरोध सभा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी फुटाउनका लागि श्रृखंलाबद्ध प्रयास गरेको उनले बताए। 

Advertisement

प्रधानमन्त्री ओली गणतन्त्र र संविधानविरोधी भएको आरोप लगाए। ओलीले प्रतिनिधि सभालाई भंग गरेर आफू निरङ्कुश भएको कलंक को टीका लगाएको उनले बताए। प्रधानमन्त्री ओली झुट र छलका खेतीमा मात्रै केन्द्रित भएको उनले बताए। ओलीले वैशाखमा चुनाव गर्न नसक्ने र चुनाव गर्नकै लागि मिति नतोकिएको पनि बताए। 

आज प्रचण्डले भृकुटीमण्डमा राखेको विचार जस्ताको तस्तै :

जनताले मत दिएर अनुमोदन गरेका थियो। तीन बर्ष नपुग्दै त्यो दिन आउछ भन्ने सोचेको थिएन। पार्टी एकताको प्रस्ताव लिएर जाँदा यस्तो उहाँको प्रतिगमनकारी कदमको विरुद्धमा सडकमा आउनुपर्छ सोचेको थिएन। विरोध प्रदर्शनमा सबै विरोध प्रदर्शनमा उत्रेका छौँ।

बागमती प्रदेश बाहेकका सबै जिल्लामा प्रदर्शन गरेका छौँ। हाम्रो सम्बोधन यहाँको लागि मात्रै नभएर देशभरका लागि सम्बोधन गरेका छौँ। नेपाली जनता र जनताको लागि मात्रै नभएर देश बाहिरका लागि पनि सम्बोधन गरेका छौँ। संविधान र लोकतन्त्रमाथि भएका प्रहारका विरुद्ध विश्वभरका सबैलाई अपिल गरेका छौँ। 

लडाई हामी सबैको लडाई हो। झण्डै ७० बर्ष शसस्त्र शान्तिपूर्वक र जनआन्दोलन हुदै संविधान बनाउन विधि मार्फत निर्माण गरेको थियौँ। संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा स्थापना गरेका थियौँ। हजारौँ नेपालीको रगत समेत बगाएको रगतको परिणाम हो। पार्टी एकताको घोषण गरेपछि पार्टी एकता भएपछि राजनितिक स्थायित्व प्रारम्भ हुनेछ समाजवादको आधार तयार गर्ने जनताको भरोसा थियो। नेपाली जनताको अगाडि उभिएर हामी र पार्टीले बताएको संविधानको संद्धीय लोकतन्त्र गणतन्त्रमाथिको प्रहार हो।