April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
दिगो शहरी यातायात आयोजनाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

दिगो शहरी यातायात आयोजनाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ – काठमाडौँ दिगो शहरी यातायात आयोजना कार्यन्वयन ईकाईका निमित्त आयोजना प्रमुख वेलबहादुर नेपालीसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाण्डाैमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

उनीहरुविरुद्ध १ करोड १४ लाख ७६ हजारका दरले विगो कायम गरी मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । काठमाण्डौको टेकूमा निर्माण व्यावसायी जेठआईईसी पप्पुले निर्माण गरेको पुल सम्झौता बमोजिम र स्वीकृत डिजाइन अनुसार नभएकोले आयोजनाले काम रोकी त्रुटी सच्याउन पत्राचार गरे पनि निर्माण व्यावसायीले निर्देशनको बेवास्ता गरी पुल निर्माण अगाडि बढाएको उजुरी परेपछि अनुसन्धान गर्दा गल्ती देखिएको अख्तियारले विज्ञप्ती निकालेर जनाएको छ ।

Advertisement

अख्तियारका अनुसार तत्कालीन आयोजना कार्यान्वयन ईकाइका निमित्त आयोजना प्रमुख वेलबहादुर नेपालीले ठेक्काअन्तर्गतको कार्यसम्पादन जमानत नवीकरण नगरी म्याद सकिसकेको अवस्थामा समेत आफैले टिप्पणी उठाई ठेक्काको तेश्रो चोटीको लागि म्याद थप सिफारिस गरेको र त्यसै सिफारिसको आधारमा १ करोड १४ लाख ७६ हजार रुपैयाँ हिनामिना भएको आरोप लागेको छ ।

यस्तै तत्कालीन लेखा अधिकृत नारायण बहादुरले ठेक्काको म्याद थप गर्ने सिलसिलामा गलत टिप्पणी उठाई सिफारिस गरेको देखिएको र उनले उठाएको टिप्पणीको आधारमा कार्यसम्पादन जमानत बराबरको हुने १ करोड १४ लाख ७६ हजार हिनामिना भएको देखिएको अख्तियारले जनाएको छ । यस्तै तत्कालीन लेखापाल गिरीप्रसाद श्रेष्ठ र लेखा अधिकृत श्यामबहादुर खत्रीविरुद्ध पनि १ करोड १४ लाख ७६ हजार रुपैयाँको दरले मुद्दा दायर भएको छ ।

यस्तै जोङडिङ ईन्टरनेशनल ईन्जिनियरिङ कम्पनी लिमिटेडका प्रतिनिधि जिन जुन्यान र पुल निर्माणको ठेक्काको अख्तियारनामा प्राप्त सुमित रौनियारसमेतको मिलेमतोमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरु दुवैजनाविरुद्ध ४ करोड १४ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ ।ujyaaloonline