April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यदि अग्रगमन नचाहने भए नेपाली कांग्रेस क्रान्तिमा जान जरुरी थिएन – खुशी लिम्बू

यदि अग्रगमन नचाहने भए नेपाली कांग्रेस क्रान्तिमा जान जरुरी थिएन – खुशी लिम्बू

लण्डन – नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) का प्रवक्ता खुशी लिम्बूले नेपाली कांग्रेसका शुभेक्षुकहरुलाई पार्टीको संस्थागत विचारधाराबाट बिचलित नहुन आग्रह गरेका छन् । समितिद्धारा गत जनवरी २ मा आयोजित ४५औं राष्ट्रिय मेलमिलाप दिवसमा उनले आफ्नो विचार स्पष्ट पारेका हुन् ।

खासगरी नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादी पार्टी भएको तर एनपीसीसी यूकेका केही सदस्यहरु बेलायतका नवउदारवादी पार्टीको पक्षपोषण गरिरहेको तथ्यलाई कटाक्ष गर्दै प्रवक्ता लिम्बूले आफ्ना धारणाहरु राखेका हुन् ।

Advertisement

“राष्ट्रिय मेलमिलापको नीति आजसम्म पनि सान्दर्भिक छ तर यसको मतलव यो होइन कि २०३३ सालमा बीपीले राजासंग मिल्ने भन्ने कुरा आजसम्म नै सान्दर्भिक छ” – राष्ट्रिय मेलमिलापको सन्दर्भलाई अझै पनि राजतन्त्र ब्युँताउने दाउको रुपमा प्रयोग गर्न खोज्ने कांग्रेसी मित्रहरुलाई उनले सम्झाउन चाहे ।

हाल पार्टीका कतिपय नेता र कार्यकर्ताहरुले हिन्दू राज्य र संवैधानिक राजतन्त्रलाई कांग्रेसभित्र राजनीति गर्ने दाउपेचको रुपमा लिइरहँदा बेलायत कांग्रेसका प्रवक्ताले गणतन्त्र र धर्मनिपेक्षता जस्ता पार्टीले अंगिकार गरिसकेका परिवर्तनका मुद्दाहरुको बचाउ गरेका हुन् ।

“यदि नेपाली कांग्रेसलाई अग्रगमन नचाहेर पश्चगमनमै रमाउनु थियो भने हामीले आजसम्मका सबै क्रान्तिहरु गर्नु किन जरुरी थियो ?” उनले कांग्रेसी मित्रहरुप्रति नै प्रश्न गरे ।

उनले राजतन्त्रलाई नेपाली कांग्रेसले अन्तिम अवस्थासम्म पनि च्यापेको तर विक्रम सम्वत १९९७ देखि लिएर २०६२–६३ को आन्दोलनसम्म पनि राजतन्त्रको सबैभन्दा बढी शिकार नेपाली कांग्रेस हुनुपर्दा पार्टीले राजतन्त्र मिल्काएको तथ्य उजागर गरे ।

पुरा भिडियो हेर्नका यहाँ क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=aZFaepCdH9A&t=10s