June 6, 2026, Saturday
२०८३ जेष्ठ २४, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सन्दीपले लिए पूर्वक्लबविरुद्ध एक विकेट

सन्दीपले लिए पूर्वक्लबविरुद्ध एक विकेट



काठमाडौं- अस्ट्रेलियामा भइरहेको बिग बास लिग क्रिकेटमा सन्दीप लामिछानेले एक विकेट लिएका छन्। मेलबर्न स्टार्सविरुद्ध होबर्ट हुरिकेन्सका लागि उनले आठौँ ओभरको दोस्रो बलमा ग्लेन म्याक्सवेलको विकेट लिएका हुन्। चार ओभर बलिङमा उनले ३६ रन खर्चिए। 

Advertisement

यसअघि सन्दीपले दुई सिजन बिग बास लिगमा मेलबर्न स्टार्सबाट नै खेलेका थिए। यो तेस्रो सिजनमा भने उनलाई होबर्ट हुरिकेन्सले टिममा आबद्ध गरेको हो। यसअघि अस्ट्रेलिया पुगेर १४ दिनको क्वारेन्टाइन बसेपछि सन्दीपले आफ्नो पहिलो खेलमा शनिबार मेलबर्न स्टार्सविरुद्ध नै ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिएका थिए। 

सोमबार मेनबर्न स्टार्सविरुद्ध होबर्ट हुरिकेन्सलाई जितका लागि १८४ रनको लक्ष्य मिलेको छ। होबर्टले टस जितेर फिल्डिङ रोजेको खेलमा मेलबर्नले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर  १८३ रन बनाएको हो।

मेलबर्नका लागि एन्ड्रे फ्लेचरले ४ बलमा १० रन, मार्कस स्टोइनिसले ५५ बलमा ९७ रन, निक लार्किनले ९ बलमा ४ रन, ग्लेन म्याक्सवेलले ७ बलमा ६ रन, निकोलस पुरनले २१ बलमा २६ रन, हिल्टन कार्टराइटले २४ बलमा ३६ रन बनाए। 

हुरिकेन्सका लागि नाथन इलिसले तीन, रिले मेरेडिथले दुई साथै सन्दीप लामिछानेले एक विकेट लिएका हुन्।