April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेजिङस्टोक धाँधलीका लागि एक हजार पाउण्ड लिएका खपाङगी प्रेस काउन्सिलको निगरानीमा [प्रमाणसहित]

बेजिङस्टोक धाँधलीका लागि एक हजार पाउण्ड लिएका खपाङगी प्रेस काउन्सिलको निगरानीमा [प्रमाणसहित]

लण्डन – जनताको पैसाबाट सञ्चालित एनआरएनए यूकेलाई सधैं दुहुनो गाई बनाउनमा माहिर वी नेपाली डट कमका सञ्चालक नरेश खपाङगीलाई प्रेस काउन्सिल नेपालले सात दिनभित्रमा उपस्थित हुन एक आदेश पत्र जारी गरेको छ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्ष रहेका खपाङगीले आफ्नै कार्यसमितिका सदस्य खुशी लिम्बुको बारेमा निराधार समाचार प्रकाशित गरेपछि उनको नाममा उक्त पत्र जारी गरिएको हो ।

पद र पहुँचको दुरुपयोग गर्दै खपाङगीले गएको सेप्टेम्बर महिनामा बिना कुनै प्रमाण उक्त समाचार लेखेर सबैलाई छाप्न उर्दी जारी गरेका थिए । उनको दवावमा आएर अन्य दुई अनलाइनले उक्त समाचार छापे पनि बेलायतबाट चल्ने प्रमुख सञ्चार माध्यमहरु नेपाल ब्रिटेन, लण्डन नेपालन्युज, दर्पण संसार, ट्वेण्टीफोर न्युजप्रेस, नेपाल संसार, हिमालय मेल, ग्लोबल नेप्लिज, ग्लोबल दैनिक, नेपाली वेभ, शीतलपाटी डट कम, च्यानल लण्डन जस्ता कुनै पनि सञ्चार माध्यमहरुले खपाङगीको समाचार झुट भएका कारण त्यसलाई प्राथमिकता दिएनन् ।

Advertisement

“यदि कुनै बैठकले कसैलाई कुनै बिषयमा कारवाही गरेको हो भने त्यस बिषयमा सम्बन्धित व्यक्तिलाई जानकारी दिनु पर्ने हो कि उक्त निर्णयलाई दुई बर्षसम्म संग्रहालयमा राखेर त्यसलाई दुई बर्षपछि आफ्नो हित अनुसार सञ्जालहरुमा प्रकाशित गर्ने हो? त्यस्तो कारवाहीको कुनै अर्थ हुँदैन” – उनका कार्यसमितिका सदस्य खुशी लिम्बुले आफ्नो सञ्जालहरुमा भनेका छन् ।

प्रेस काउन्सिल नेपालले यस्तो पत्र जारी गरेपछि सम्बन्धित व्यक्ति सात दिनभित्रमा काठमाण्डौं कार्यालय हाजिर हुन पर्ने हुन्छ । तर त्यसो नगरेर यो समस्यालाई बेलायतबाटै सल्टाउन खपाङ्गीले पुनः एक पटक आफ्नो पद, पहुँच र पैसाको दुरुपयोग गर्ने प्रयास भइरहेको थाहा भएको छ ।

स्मरणीय छ, एनआरएनए यूकेको गएको निर्वाचनमा उम्मेद्वारी शुल्कका लागि जम्मा गरिएको ७१ हजार ४ सय पाउण्डमध्ये २ हजार ७ सय पाउण्डको हिसाब गायब भएको बारे केही दिनअघि सिलौटी टाइम्सले समाचार प्रकाशित गरेको थियो । तत्कालीन निर्वाचन समितिका संयोजक हाल बेलायतमा नभएपछि दोस्रो जवाफदेही व्यक्ति समितिको सचिव नै हो । तर यो आरोपबाट पन्छिन खपाङ्गीले अहिले सहसंयोजक, प्रवक्ता र कोषाध्यक्षलाई सोध्नु भन्दै आफू भाग्न खोजिरहेका छन् ।

सोही निर्वाचनमा खपाङ्गीलाई बेजिङस्टोक निर्वाचन केन्द्र हेर्न खटाइएको थियो । तर उक्त निर्वाचन क्षेत्रमा भएको अनियमितता बारेमा बेलायतवासी जनतालाई अवगतै भए पनि उक्त अनियमितताका लागि उनले अनधिकृत रुपमा १ हजार २१ पाउण्ड १३ पेन्स लिएका छन् ।

एनआरएनए यूकेको खजानाबाट एनआरएन भ्वाइसका लागि मात्रै २ हजार पाउण्ड लिएका थिए खपाङ्गीले

त्यस्तै, एनआरएनए यूकेको मुख पत्र एनआरएन भ्वाइस प्रकाशन गर्दा विगतमा कसैलाई पनि मुनाफा दिएर प्रकाशन गर्न लाउने प्रचलन थिएन । तर खपाङ्गीले एनआरएन भ्वाइसको दोश्रो अंक र मिडियाको लागि भन्दै पटक पटक गरी ४ हजार पाउण्ड भन्दा बढी कुम्ल्याएका छन् । “समाजसेवा भनेको लिन होइन दिनका लागि हो” भन्ने मान्यता बिर्सेर खपाङगी नाफाखोर पत्रकारका रुपमा रुपान्तरित हुँदै गएको भन्दै बेलायतवासी जनताहरु दुखित भएका छन् ।