April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मकाऊका लिम्बूहरुले यसरी मनाए कक्फेक्वा तङ्नाम

मकाऊका लिम्बूहरुले यसरी मनाए कक्फेक्वा तङ्नाम

किराँत याक्थुङ चुम्लुङ मकाऊको आयोजनामा त्यहाँका लिम्बूजनहरुले यस बर्षको कक्फेक्वा तङ्नाम रमाइलोसंग मनाएका छन् । गत जनवरी २० मा मकाऊको बोर्डर गेट पोर्टास बारबीक्यू क्षेत्रमा उनीहरुले किराँत येले तङ्वे ५०८१ को कक्फेक्वा तङ्नाम मनाएका हुन् ।

कार्यक्रमको औपचारिक सत्रमा महासचिव मेघराज नेयोङले स्वागत मन्तव्य दिएका थिए भने उपाध्यक्ष शेरहाङ यक्सोले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको अवसरमा महासचिव नेयोङले कियाचू मकाऊको आपत्काली स्वास्थ्य कोषको स्थापना बारेमा सदस्यहरुलाई जानकारी गराएका थिए । त्यस्तै अध्यक्ष चण्डी योङ्याले कक्फेक्वा तङनामको बारेमा सबैलाई प्रकाश पारे ।

Advertisement

परम्परागत लिम्बू परिकारहरु

तङ्नाममा परम्परागत लिम्बू परिकारहरुको रसस्वादन र लिम्बूहरुको मौलिक संस्कृति धाननाच गरिएको थियो । कार्यक्रममा एनआरएनका एशिया प्यासिफिक संयोजक शान्तिदेवी अधिकारी लगायत मकाऊमा रहेका अन्य नेपाली अगुवाहरुको पनि शोभायमान उपस्थिति थियो ।