May 11, 2026, Monday
२०८३ बैशाख २८, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मन्त्री अर्यालले भनिन्- मल अभावमा हुने समस्याको अन्त्य गरेका छौ

मन्त्री अर्यालले भनिन्- मल अभावमा हुने समस्याको अन्त्य गरेका छौ

काठमाडौ–कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले अब मल नपाएर किसान चिन्तित हुनुनपर्ने बताइन्।

तत्कालीन समाधानका रूपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालीन समाधानको रूपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति र दीर्घकालीन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालयले तयारी थालेको उनले बताइन्। त्यसैगरी, सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने उनको भनाइ थियो।

Advertisement

यस आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेट मध्येबाट ५ लाख मेट्रिक टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने रहेको मन्त्री अर्यालले बताइन्।