April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाल टेलिकमले बोलायो साधारण सभा

नेपाल टेलिकमले बोलायो साधारण सभा

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्नन गरेको छ । कम्पनिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

कम्पनिको फागुन १९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा चैत्र १३ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा १३ औं वार्षिक साधारण सभा हुनेछ । सो सभा बिहान ११ बजेबाट सुरु हुनेछ ।

Advertisement

सभाले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँ अर्थात ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। त्यसैगरी, सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन पनि गरिनेछ।

यसैगरि, साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुकक्लोज गर्नेछ। यस अनुसार फागुन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।